एपीएफविरूद्द मनाङ पहिलाे हाफमा २-१ ले अगाडी

0

सहिद स्मारक ए डिभिजन लिगमा अहिले मनाङ मस्र्याङदी र सशस्त्र प्रहरीको एपीएफ क्लव विच प्रतिस्पर्धा भइहरेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफ सकिदा मनाङ दुइ एकले अगाडी रहेकाे छ ।

खेलको १९ औं मिनेटमा विदेशी खेलाडी एडीलाजे डोमिडीले गोल गर्दै मनाङले अग्रता बनाएको थियो । तर २७ औं मिनेटमा मनाङले एपीएफलाई पेनाल्टीको अवसर दियो । जसलाई एपीएफका नविन लामाले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

तर ४४ औं मिनेटमा मनाङले फेरी खेलमा अग्रता बनायो । एपीएफको डिफेन्सको गल्तिको फाइदा उठाउने अञ्जन विष्ट गोल गरे ।

आजको खेलमा मनाङ विजयी भएमा फेरी लिगको शिर्ष स्थानमा उक्लनेछ । यदि बराबरी भएमा दोस्रो स्थानमा पुग्नेछ ।

Post Add 1025X115
Loading...