ए डिभिजन लिगमा सरस्वतीकाे लगातार दाेस्राे जित, ब्रिगेड ब्वइज २-१ ले पराजित

0

सहिद स्मारक ए डिभिजन लिगमाले लगातार दाेस्राे जित हात पारेकाे छ । अाज भएकाे खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई २-१ ले पराजित गर्याे ।

सातदाेबाटाे स्थित एन्फा मैदानमा भएकाे खेलमा सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर सरस्वतीको साे अग्रता लामो समय टिकेन । सातौं मिनेटमा नै ब्रिगेड ब्वाइजका काजिमले दिएको पासलाई अब्दुल करीमले गोल गर्दै बराबरीमा पुर्याए ।

५२ औं मिनेटमा सरस्वतीले फेरी अग्रता बनायाे । भिक्टरको क्रसलाई फ्रान्सिसले हेडरमार्फत गोल गरे । त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पराजित भयाे ।

जितसँगै सरस्वतीले ४ खेलमा ६ अंक जोडेको छ ।

Post Add 1025X115
Loading...