ए डिभिजन लिगमा आज मनाङ र एपीएफ भिड्दै, पहिलो खेल कस्को?

0

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेलहुँदै छ ।

दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुने छ । पहिलो खेलमा विहान ११ बजे ब्रिगेड ब्वाईज र सरस्वती युवा क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

जारी सिजनको तेस्रो चरणम्म ब्रिगेडले एक खेलमा जित हात पार्दा लगातार दुई खेल गुमाएका छ । एक खेलमा जित निकाल्दै ३ अंक जोडेको व्रिगेड तालिकाको दशौं स्थानमा रहेको छ । यसैगरी समान नतिजा भएको सरस्वती युवा क्लब भने नवौं स्थानमा रहेको छ ।

आजै दिउँसो साढे २ बजे एन्फा मैदानमा मनाङ मस्र्याङ्दी र विभागीय क्लब एपीएफ आमने सामने हुने छन् । मनाङ अहिलेसम्म अपराजित रहेको छ ।

आजको खेलमा मनाङ विजयी भए तेस्रो स्थानबाट शीर्ष स्थानमा उक्लने छ । जारी सिजनमा एक खेलमा बराबरी र एक खेलमा विजयी भएको एपीएफ ४ अंक सहित आठौं स्थानमा रहेको छ ।

Post Add 1025X115
Loading...