प्रधानसेनापति महिला फुटबलको उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

0

प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन ।

साविक विजेता एपीएफ क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेकाे छ । सेमिफाइनलमा एपीएफले पुलिसलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनायाे ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा भएको खेलमा एपीएफकाे जितमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले एक गोल गरिन् । एकतर्फि जस्ताे बनेकाे खेलकाे ३५ अौं मिनेटमा एपीएफले खेलमा अग्रता बनाएकाे थियो । उसका लागि सावित्रा भण्डारीले अनिता बस्नेतको पासमा गोल गरिन । पहिलाे हाफमा एक गाेलकाे अग्रता बनाएकाे एपीएफले दाेस्राे हाफमा थप २ गाेल गर्याे ।

६९ अौं मिनेटमा अनिता बस्नेतले पेनाल्टी एरिया नजिकैबाट उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेट पछि नै एपीएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजिक हातले बल छाेएपछि सिधै रातो कार्ड पाइन । जसकाे फाइदा एपीएफलाइ भयाे । साे पेनाल्टीलाइ सावित्राले गाेलमा परिणत गर्दै टिमलाइ ३-० काे जित दिलाइन ।

अर्को खेलमा त्रिभुवन आर्मीले प्रदेश २ लाई चार शुन्यले हरायो । फाइनल खेल बुधबार हुँनेछ ।

Post Add 1025X115
Loading...