ए डिभिजन लिगः संकटा विरूद्द अार्मी २-१ ले अगाडी

0

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा अहिले त्रिभुवन आर्मी र संकटा क्लव विच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफ सकिदा आर्मीले दुई एकको अग्रता बनाएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा संकटाले विदेशी खेलाडी इलोन म्याक्सवेलको गोल मार्फत अग्रता बनाएको थियो । तर १७ औं मिनेटमा आर्मीले खेल बराबरी गर्यो । उसका टेक बहादुर बुढाथोकीले गोल गर्न सफल भए ।

जारी लिगमा टेकबहादुरकाे याे ५० अाैं गाेल हाे ।

आक्रामक फुटबल खेलेका दुबै टिमले त्यसपछि पनि केहि मुभ बनाएका थिए । जसमा आर्मीले ३० औं मिनेटमा अर्को गोल थप्यो । यसपटक आर्मीका लागि भरत खवासले गोल गरे । आर्मीको टिममा आज दुई मुख्य खेलाडी नवयुग श्रेष्ठ र प्रिन्सजर्ज कार्की अनुपस्थित रहेका छन ।

Post Add 1025X115
Loading...