२ बर्षदेखि तलवबिहिन क्रिकेट खेलाडी, अाधिकारीक निकाय अाउँछ र पाउँला भन्ने अाशामा दिन बित्दै

0

नेप्लेज । मिती जनवरी, २०१५ अर्थात करिव तीन वर्ष अघि । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिममा परेका र पर्नसक्ने २२ जना खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्यो । खेलाडीलाई चार बर्गमा बाढेर उनीहरुको अनुभव र योगदानका आधारमा खेलाडीलाई क्यानले सम्झौता गरेको थियो । त्यो सम्झौता भएको चार बर्ष पुग्न करीव डेढ महिना बाँकी छ ।

यतिबेला न त त्याे सम्झौता कायम छ, न त खेलाडीलाई सम्झौता गर्ने संस्था नै अस्तित्वमा । यो विचमा खेलाडीले एक पटक आर्इसीसीबाट नै केहि रकम तलवको रुपमा पाए । तर पछिल्लो २० महिना देखि क्रिकेट खेलाडी तलव विहिन छन, अझै भनौ उनले सम्झौताबाफत पाउनुपर्ने रकम पाउन सकेका छैन ।

नेपालमा कुनैपनि खेलाडी त्यती धनी छैनन की उनीहरुले नियमित तलव नपाएपनि काम चलाउन सक्छन ।

खेलाडीको बर्गीकरण

क श्रेणी

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेषवाकर, सुवास खकुरेल

ख श्रेणी

सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी, भुवन कार्की

ग श्रेणी

जितेन्द्र मुखिया, अनिल मण्डल, आरिफ शेख, राहुल विश्वकर्मा, प्रदिप ऐरी, महबुब आलम

घ श्रेणी

करण केसी, राजेश पुलामी, रामनरेश गिरी, राजु रिजाल

ती २२ जना खेलाडीमा अहिलेको अवस्थामा धेरै परिमार्जन भइसक्नु पर्ने हो । यो लिस्टमा रहेका मध्ये अमृत भट्टराई नेपाली क्रिकेटबाट अलग्गिसकेका छन् भने राहुल विश्वकर्मा टिममा नपरेको लामाे समय वितिसक्याे । यस्तै अनिल मण्डल पनि पछिल्लो पटक राष्ट्रिय टिममा स्थान बनाउन सकेका छैनन् ।

प्रदर्शनकै अाधारमा पनि घ श्रेणीका करण केसीको बढुवा हुनुपर्ने थियो ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडी जो या लिस्ट छैनन् उनीहरुलाई समायोजन गर्नुपर्ने त्यो पनि हुन सकेको छैन । निरन्तर पहलको अभाव कुनैपनि खेलाडीका बारेमा मतलव गर्ने संस्था नै अस्तित्वमा छैन, जुन संस्थाले खेलाडीलाई समयमै सुविधा दिने दुःखमा साथ दिन हो त्यो नै नरहेपछि बाँकी कुरा के अर्थ ?

तर पछि क्यान नभएपनि नेपालमा क्रिकेट चलिनै रहेको छ, कुनै न कुनै रुपले । ती खेलाडीको तलवका लागि हात अगाडी सार्ने अर्को पक्ष राष्ट्रिय खेलकुद परिषद् पनि हो । उसले आफैले तलव नदिएपनि आर्इसीसीबाट त्यसको समाधानका लागि काम गर्नुपर्ने हो त्यो पनि हुन सकेको छैन ।

खेलाडीको तलवका लागि, अनि क्यानकाे विवाद समाधानका लागि, आर्इसीसीका प्रतिनिधी बारम्बार नेपाल अाइरहेका छन् । तर, उनीहरु पनि विभिन्न बाहनामा कुरा टार्दै आएका छन । कहिले संघको निलम्बन फुकुवा भएपछि त कहिले चाँडै हुन्छ भनेर यो विषयलाई टार्दै आएका छन ।

कसरी चलेका छन् नेपाली क्रिकेटर ?

 

नेपाली राष्ट्रिय टिमबाट खेल्ने खेलाडी जतिपनि खेलाडी छन्, उनिहरु सबैकाे हैसियत फरक फरक छ । कतिपय खेलाडी काठमाडौमा घर भएका होलान वा भाडा तिर्नु नपर्ने हुनसक्छ । तर काठमाडौ बाहिरबाट आएका खेलाडीका लागि याे अवस्था कठीन छ ।

नियमित आउने रकम नआउँदा खेलाडीको मर्का कसले बुझोस ? यतिबेला नेपालमा एकपछि अर्को फ्रन्चाइज प्रतियोगिता भइरहेकालेपनि खेलाडीहरुलाई सस्टेन गर्ने केहि सजिलो भएको छ । तीन प्रतियोगिताबाट टिमबाट आएको रकमले उनीहरुले आफ्नो दैनीकी चलाइरहेका छन ।

त्यो बाहेक उनीहरुले कुनै टुर जाँदा दिनको ५० डलर भत्ता पाउछन । त्यसबाट उनीहरुले खेल भएको दिन साँझको खाना र खेल नभएको दिन दुबै छाक खाना खानुपर्ने हुन्छ । कुनैपनि टुरबाट फर्किदा जति पनि रकम खेलाडीले बचाउछन त्यो त कति नै हुन्छ र ? नेपाली क्रिकेटमा केहि खेलाडी मात्र छन् जो कुनै न कुनै कम्पनीसँग आबद्ध छन । चाहे त्यो ब्रान्ड एम्बेस्डर होस या विज्ञापन खेलेर । तर ती सबै कम्पनीले पनि तोकेको समयमा रकम खेलाडीलाई दिदैनन् ।

खेलाडीलाई कुनै न कुनै कम्पनीमा आबद्ध गराउने भनेर तामझामका साथ एक निजी कम्पनीले कार्यक्रम आयोजना गरेको थियो । त्यसबाट केहि खेलाडी विभिन्न कम्पनीमा आबद्ध पनि भएका थिए । तर उनीहरुले ६ महिना हुँदासम्म पनि आफुले पाउनु पर्ने रकम पाउन सकेका थिएनन् । अहिले खेलाडीहरुलाई अनुबन्ध गराउने कम्पनी खेलाडीका बारेमा कुनै चासो दिएको छैन ।

आर्इसीसीको अधिपत्य

क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट पुर्ण रुपमा आर्इसीसीमा निर्भर छ । कुनैपनि प्रतियोगिताका लागि तयारी गर्नुपर्दा आर्इसीसीले कहिले बजेट पठाउँछ र सुरू गराैंला भनेर कुर्नुपर्ने बाध्यता नेपाली क्रिकेटकाे वर्तमान कटुसत्य हाे । क्लाेज क्याम्पका बेला पनि खेलाडीले अाफुलार्इ चाहीने न्युट्रिसन हाेइन, बजेटकाे अाधारमा खानु पर्ने अवस्था छ ।

आर्इसीसीले नेपाललाई लचिलो रुपमा लिएको भन्ने भनाईपनि नेपाली क्रिकेटमा धेरै छन । तर जुन ब्यवहार आर्इसीसीले नेपाललाई देखाएको छ त्यसमा सकारात्मक भन्दा नकारात्मक पक्ष धेरै छन । चाहे त्यो नेपालमा कुनै अन्तराष्ट्रिय खेल गर्दा होस या आर्इसीसीले टिमका लागि कुनै सल्लाहकार पठाउँदा । नेपाली खेलाडी प्रशिक्षकले चाहेको समयमा रकम नपाउँदा आर्इसीसीबाट आएका सल्लाहकारले आफ्नो काम सकेर गएको अर्को दिन रकम पाउछँन । यसबाट आफै अनुमान लगाउन सकिन्छ, हविगत ।

कहिले होला निकास ?

नेपाली क्रिकेटले अहिलेसम्म जुन सफलता हात पारेको छ त्यो सफलता दिलाउने खेलाडीको एक फेजको खेल्ने समय अब धेरै बाँकी छैन । किनकी बढ्दो उमेरले उनीहरु चाँडै नै सक्रिय खेलाडी जीवनबाट टाढा हुने निश्चित छ । अहिलेको राष्ट्रिय टिमका सिनियर खेलाडीहरुले अब धेरै खेलमा ३ देखि ४ बर्ष हो खेल्ने । त्यसपछि युवा खेलाडीले नै नेपालको क्रिकेटलाई धान्नुपर्ने हो । तर ती युवा खेलाडीलाई जुन हौसला दिन र जिम्मेवारी बोध दिलाउन अझै पनि नेपाल सरकार र नेपाली खेलकुदकाे बागडाेर सम्हालिरहेकाे राष्ट्रिय खेलकुद परिषद् चुकेको छ ।

भलै केहि युवा खेलाडी जो अहिलेका सिनियर खेलाडीको लेभलमा आएको जस्तो देखिएपनि त्यो कतिसम्म सहि हो त्यसको लेखाजोखा गर्ने वातावरण छैन । नेपाली क्रिकेटमा एउटा सिस्टम नहुँदासम्म कुनैपनि खेलाडी आफुलाई ढुक्क सोच्न सक्दैन, त्यो अहिले नेपालमा छ । चाँडै क्यानको विवाद समाधान भएर निलम्बन फुकुवा भर्इ नयाँ क्रिकेटको सिस्टन नेपालमा कहिले आउला भनेर खेलाडीमात्र होइन क्रिकेट समर्थकपनि कुरिरहेका छन । तर एक दिन दुई दिन भन्दा भन्दै बर्षाै वित्दापनि अझै समाधानको ढोका खुल्न सकेको छैन ।

Post Add 1025X115
Loading...