पाेखरा रंगशालाकाे प्राविधिक टेन्डर अाह्वान, एक सातामा अार्थिक तर्फ खुल्ने

0

राष्ट्रिय खेलकूद परिषद् राखेपले पाेखरा रंगशालाकाे टेन्डर अाह्वान गरेकाे छ । रंगशालाका लागि लाग्ने कुल खर्च १ अर्ब ७३ करोड ५५ लाखको शुनिस्चिता गरे पछि मन्त्रालयले अाज (विहिबार) प्राबिधिक तर्फको टेण्डर खुला गरेकाे हाे ।

यूबा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले अर्थ मन्त्रालयमा बजेटको शुनिश्चितताको पत्रका पाएपछि  राखेपले टेन्डर खुला गरेकाे हाे । जसमा यस वर्षका लागि विनियोजित ५२ करोडबाट रंगशालाकाे काम अघि बढ्नेछ ।

मन्त्री विश्वकर्माले ‘सबैको प्रयत्नले समयमा नै रंगशाला बन्नेमा आफू आशाबादी रहेको जनाउँदै, केही प्राविधिक कारणले भएको ढिलाई भएकाे  र अब समयमै काम हुने बताए ।’ मन्त्रालयले केहि दिन अगाडी रंगशालाकाे टेन्डर खाेल्ने विषयमा राखेपका प्रतिनिधी सहित अर्थ मन्त्रीसँग छलफल गरेकाे  थियाे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्टले पनि मन्त्रालयबाट पत्र आएको र आजनै प्राबिधिक तर्फको टेण्डर प्रक्रिया अघि बढाएकाे बताए । उनले भने  “हामी समयमा नै रंगशालाको निर्माण सकेर १३ औं दक्षिण एशियाली खेलकुद (साग)को महिला फुटबल पोखरामा नै आयोजना गर्नेछौ ।”

विष्टले २२ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि १ अर्ब २० करोड र बाँकी रकम रंगशालाको फ्लड लाइट लगायत अन्य कामकालागि लगाउने बताए ।

साथै उनले “अब हामी एक साता भित्रै आर्थिक तर्फको टेण्डर खोल्ने र त्यसपछि सबै प्रक्रिया सकेर केही दिन भित्रै काम सुरु गर्ने बताए ।

रंगशालाका लागि भदौमा खाेलिएको दोश्रो टेण्डरमा नेपाल र चिनियाँ तथा दोश्रोमा नेपाल र भारतको जोइन्ट भेन्चर कम्पनीले टेण्डर विडिङ गरेका थिए ।

Post Add 1025X115
Loading...