नेपाल पुलिस र प्रदेश २ महिला फुटबलकाे क्वाटरफाइनलमा

0

प्रदेश नम्बर २ र नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधान सेनापति महिला अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेका छन ।

लगनखेल स्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा प्रदेश दुईले प्रदेश पांचलाई आठ शुन्य गोलको फराकिलो अन्तरले पराजित गर्यो । उसका लागि दिलकुमारी राना मगर र रोशनी लिम्बुले दुई दुई गोल गरे भने एक गोल मेनुका राना मगरले गरिन ।

यस्तै अर्को खेलमा नेपाल पुलिस क्लवले प्रदेश ६ लाई नौ शुन्यले हरायो । पुलिसको जितमा निरु थापाले ह्याट्रिक गरिन । उनले खेलको पाँचौ, ४७ औं र ७८ औं मिनेटमा गोल गरिन ।

यस्तै सुवानी कुसवार ५३, निर्मला उपाध्याय ५६, सिर्जना खड्का ६०, रुपा मगर ८७, मिनेटमा गोल गरिन भने एक गोल उपहार पायो । भोली देखि क्वाटरफाइनलका खेल हुनेछन । जसमा पहिलो खेल एपीएफ र प्रदेश तीन तथा आर्मी र सुदुरपश्चिम प्रदेशसँग खेल्नेछ ।

Post Add 1025X115
Loading...