थ्रिस्टार विरूद्द मनाङ पहिलाे हाफमा २-० ले अगाडी

0

ए डिभिजन लिगको महाभिडन्तका रुपमा हेरिएको थ्रिस्टार र मनाङ विचको खेलको पहिलो हाफमा मनाङले बाजि मारेको छ । निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा मनाँले दुई गोलको अग्रता बनाएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा मनाङका लागि अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा हेमन गुरुङको पासमा अञ्जन विष्टले भलिमार्फत उत्कृष्ट गोल गरे ।

त्यसपछि १८ औं मिनेटमा थ्रिस्टारको डिफेन्समा देखिएको कमजोरीको फाइदा उठाउदै मनाङले दोस्रो गोल गर्यो । उसका लागि विदेशी खेलाडी आडीजेलेले गोल गरे । चार जना खेलाडी बेन्चमा राख्दा पनि मनाङले थ्रिस्टारलाई दबावमा राख्न सफल भयो ।

त्यसपछि ३८ औं मिनेटा थ्रिस्टारका रञ्जित धिमालले अञ्जन विष्टको प्रहारलाई बचाउन सफल भए । त्यसको लगत्तै मनाङका विराज महर्जनले डिबक्स नजिकैबाट गरेको प्रहार बाहिरीन पुग्यो ।

Post Add 1025X115
Loading...