एएफसी कपकाे ड्र, नेपाल समुह इ मा, ए डिभिजन लिग च्याम्पियनले खेल्ने

0

एसियन फुटबल फेडेरेसनले सन् २०१९ मा हुने एएफसी कपकाे समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ ।

ड्र मा नेपाल समूह ‘इ’ मा छ । याे प्रतियाेगितामा नेपालबाट जारी ए डिभिजन लिगकाे च्याम्पियनले प्रतिस्पर्धा गर्नेछ । याे समुहमा भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । भारतबाट भने मिनेर्भा पन्जाबले खेल्ने छ भने नेपाल र बंगलादेशबाट खेल्ने टिमकाे तय हुन बाँकि छ ।

नेपालबाट पछिल्लाे पटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो । पहिलाे चरण पार गरेकाे थ्रिस्टारले दाेस्राे चरणमा एन्फाकाे लापरवाहीका कारण सहभागिता जनाउने पाएकाे थिएन।  जसका कारण उसले एन्फाबाट क्षतीपुर्ती रकम मागेकाे थियाे । साे रकमपनि एन्फाले निकै कठिनाइका बाबजुत पाएकाे थियाे ।

प्रतियाेगितामा सहभागि ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो ।

Post Add 1025X115
Loading...