आठौँ राष्ट्रिय खेलकुदकाे मिती तेस्राे पटक सर्न सक्ने, पुर्वाधार बाधक

0

पुर्वाधारका कारण नेपालगन्जमा हुने भनिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मिती तेस्राे पटक सारिने तयारी गरिएकाे छ । सुरूवातमा मंसिरमा हुँने भनिएकाे आठौँ राष्ट्रिय प्रतियोगिता फागुनका लागि सारिएकाेमा फेरी एक महिना पछि सर्ने भएकाे छ। प्रतियाेगिताकाे नयाँ मिति चैतमा हुने संभावना बढेकाे छ ।

यसअघि पनि समयमै भौतिक पूर्वाधारहरूको निर्माण नभएपछि आठौँ राष्ट्रिय प्रतियोगिताको मिति २ महिना पछि सारेको थियो । राखेपले माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म आठौँको आयोजना गरिने जानकारी गराएको थियो ।

तर, फेरीपनि राखेपले आठौँ राष्ट्रिय प्रतियोगिताकाे मिती तेस्राे पटकका लागि सार्ने अान्तरीक तयारी गरेकाे छ । प्रतियोगिताका लागि निर्माण भइरहेका भौतिक पूर्वाधारहरूकाे कुनैपनि काम सम्पन्न नभइसकेकाले पनि राखेपले फेरी मिती सार्ने देखिएकाे छ । यसका साथै साे समयमा तराइमा सितलहर चल्ने भएकाले पनि खेलाडीलाइ असर पर्ने भन्दै नयाँ मितीका लागि खेलकुद मन्त्रालयमा छलफल भइरहेकाे छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) पनि याे प्रतियाेगिता माघमा गर्न नहुने भन्दै बाेर्ड बैठकमा पनि भनेका थिए । तर परिषदले गुपचुप रूपमा प्रतियाेगिताकाे मिती माघका लागि सारेकाे बताइएकाे छ ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला छनोट प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । कतिपय खेलका जिल्ला छनोट प्रतियोगिता सकिसकेको अवस्था पनि छ । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्नुपर्ने राखेपको बाध्यता भएका कारण फेरी प्रतियाेगिता सारेमा त्यसकाे असर बजेट र खेलाडीमा पर्नेछ । यतिमात्र हाेइन, पुर्वाधार नभइ हचुवाकाे भरमा गरेर अालाेचना खेप्नु भन्दा भब्य रूपमा गर्नु नै ठिक हुने परिषदकाे भनाइ छ ।

Post Add 1025X115
Loading...