परिषदका नवनियुक्त बाेर्ड सदस्यले लिए सपथ, पिताम्बरलाई उपाध्यक्षकाे जिम्मेवारी

1

राष्ट्रिय खेलकुद परिषदकाे सदस्य पदमा नियुक्त भएकाे तीन जना सदस्यले अाज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन । सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा अायाेजना गरिएकाे कार्यक्रममा तीन सदस्य पिताम्बर तिम्सिना, इन्दिरा निराैला र राजेश गुरूङले सपथ लिएका हुन । उनिहरूले अाजैबाट अाफ्नाे कार्यभार सम्हाल्नेछन ।

कार्यक्रममा उपस्थित भएका सदस्यसचिव विष्टले एकताका साथ मिलेर सहकार्यमा अगाडी बढेर जाने बताए । साथै उनले खेलकुदलाइ पहिलाे प्राथमिकतामा राखेर अगाडी गए सबै काम गर्न सकिने र नयाँ अाएकाे साथिहरूले पनि त्यसमा सहयाेग गर्नेमा विश्वस्त रहेकाे बताए ।

साथै विष्टले अासन्न अाठाैं राष्ट्रिय र सागकाे तयारी तिब्र पार्न अावश्यक रहेकाे समेत बताए । सदस्यकाे सपथ लगत्तै पिताम्बरले परिषदकाे उपाध्यक्षकाे पनि सपथ लिएका थिए । सपथ पछि उनले यसअघि पनि उपाध्यक्ष पदमा रहेर काम गरिसकेकाे र अाफ्नाे अनुभवलाइ प्रयाेग गरेर काम गर्ने बताए । साथै उनले परिषदमा गलत कामहरूलाइ हुन नदिने समेत उद्घाेष गरे । साथै उनले खेलाडीकाे हितमा काम गर्ने समेत बताए ।

पिताम्बर यसअघि पनि २०६६ सालमा परिषद्काे उपाध्यक्षका रूपमा काम गरेका थिए ।

याे पनिः राखेप सदस्यमा पिताम्बरको नियुक्ति सदस्य सचिव तर्साउने खेल !

हालका सदस्यसचिव केशवकुमार विष्टको कार्यकाल अन्तिम अन्तिम समयमा आएका बेला मन्त्री विश्वकर्माले नयाँ सदस्यका रुपमा पूर्व उपाध्यक्ष पिताम्बरलाई बोर्डमा ल्याएको छ ।

तत्कालिन सदस्यसचिव युवराज लामाका पालामा उपाध्यक्ष रहेका पिताम्बरको छवी नेपाली खेलकुदमा राजनितीक हस्तक्षेप गर्नसक्ने रहेको छ । कुनै समय परिषद्मा तालबन्धि हुदा उनको सक्रिय भुमिका रहेको थियो । यतिमात्र होइन उनी ब्याटमिन्टन संघमा पनि रहेका थिए । यस्तै पूर्व सदस्यसचिव हरीबाबु चौधरीको पालामा तिम्सिनाले उनकै कार्यकक्षमा तोडफोड गरेको भन्दै प्रहरीले नियन्त्रण पनि गरेको थियो । हरीबाबुको पालामा परिषदमा सक्रिय रुपमा विरोधमा उत्रिएका उनी युवराज लामाको पालामा भने शान्त बसेका थिए ।

याे पनिः परिषदमा ठुलाे पदकाे जिम्मेवारी पाउने दाउमा फर्किए पूर्व उपाध्यक्ष पिताम्बर

पिताम्बरसँगै सदस्यमा नियुक्त हुने अर्का सदस्यमा नेपाल भलिबल संघकी केन्द्रिय सदस्य इन्दिरा निरौला पनि छिन । पूर्व महिला भलिबल खेलाडी समेत रहेकी उनी पनि एमाले निकट रहदै आएकी छिन । यस्तै परिषद्का पूर्व सदस्य तथा बक्सिङका पूर्व खेलाडी राजेश गुरुङलाई पनि सदस्यमा राखिएको छ ।

 

Post Add 1025X115
Loading...