१३ औं सागको सचिवालय प्रमुखमा कमल खनाल

0

नेपालमा हुने भनेको १३ औं दक्षिण एशियाली खेलकुद सागको सचिवालय प्रमुखको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ अधिकृत कमल खनालले पाएका छन ।

परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आज खनाललाई सचिवालय प्रमुखको जिम्मेवारीको पत्र हस्तान्तरण गरे । खनालले यसअघि पनि आठौ राष्ट्रिय खेलकुद छैटौ राष्ट्रिय खेलकुद र जाकार्तामा भएको एशियाडको एक मुख्य जिम्मेवारी पाएका थिए ।

आठौ राष्ट्रिय खेलकुदमा खनाल सचिवालय प्रमुख बनेका थिए भने एशियाडमा खेलाडी छनोट समितीमा रहेका थिए ।

Post Add 1025X115
Loading...