एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटः भारतबिरुद्ध नेपाललाई अग्रता

0

नेप्लेज, ९ कात्तिक । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले अहिले भारतबिरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

फाइनल चणमा स्थान बनाउने सम्भावना कायमै राख्न गर या मरको अवस्थामा रहेको खेलमा नेपालले दोस्रो हाफको सुरुमै अग्रता हासिल गरेको छ ।

थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।

समूह बीमा रहेको नेपालले पहिलो खेलमा थाइल्याण्डसँग ३–० को पराजय ब्यहोरेको थियो ।

Post Add 1025X115
Loading...