फिफा बरियातामा नेपाल एक स्थान खस्कियो

0

नेप्लेज, ८ कात्तिक । फिफा वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झर्दै १६१औं स्थानमा ओर्लिएको हो ।

वरियता क्रममा बेल्जियम शीर्ष स्थानमा छ । अघिल्लो महिनाको वरियतामा पनि बेल्जियम शीर्ष स्थानमा थियो ।

विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, क्रोएसिया चौथो र इंग्ल्याण्ड पाँचौं स्थानमा छ । इंग्ल्याण्ड अघिल्लो महिनाको वरियताभन्दा एक स्थान माथि उक्लिएको हो ।

एसियाली वरियता क्रममा इरान शीर्ष स्थानमा छ । विश्व वरियताको तीसौं स्थानमा रहेको इरान एसियाको शीर्ष स्थानमा रहँदा अष्टे«लिया दोस्रो, जापान तेस्रो र दक्षिण कोरिया चौथो स्थानमा छ ।

दक्षिण एसियामा भारत ९७औं स्थानमा छ । १५१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियाको दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ । त्यस्तै भुटान १८८औं, बंगलादेश १९४औं, पाकिस्तान १९९औं र श्रीलंका २०१औं स्थानमा छन् ।

Post Add 1025X115
Loading...