यू–१५ साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत, माल्दिभ्स ४–०ले पराजित

0

नेप्लेज, ८ कात्तिक । आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा नेपालले बिजयी सुरुआत गरेको छ ।
सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपालले माल्दिभ्सविरुद्ध ४–० को जित निकालेको हो ।

पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोलनै थपेको थियो । २८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जान लिम्बुले गोलमा परिणत गरेका थिए ।
३८औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नामस थापामगरले पेनाल्टी एरियाबाट गोल गरेका थिए । यसैगरी नेपालले ६३औं र ७०औं मिनेटमा गोल गर्दै ४–०ले अघि बढेको थियो । ६३अाैं मिनेटमा सशांक बाेहराले गाेल गरेका थिए । ६३अाैं मिनेटमा मैदान प्रवेश गरेका दीपेश रार्इले ७०अाैं मिनेटमा गाेल गर्दै नेपालकाे स्काेर ४–० बनाएका थिए ।  त्यसपछि थप गोल हुन सकेन र नेपाल ४–०ले विजयीहुँदै यू –१५ साफ च्याम्पियनिसिपमा सुखद् शुरुआत गर्न सफल भएको हो ।

यसअघि आजै भएको उदघाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गगत शनिबार पहिलो खेलमा पाकिस्तान र भुटान तथा दोस्रो खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् ।

Post Add 1025X115
Loading...