यू–१५ साफः पहिलो हाफमा माल्दिभ्सबिरुद्ध नेपाललाई २–० को अग्रता

0

नेप्लेज, ८ कात्तिक । आजदेखि काठमाडौंमा सुरु भएको यू–१५ साफ च्याम्पियनसिपमा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा पहिलो हाफको समाप्तिमा नेपालले २–० को अग्रता लिएको छ ।

२८औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । माल्दिभ्सका डिफेण्डरले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई जान लिम्बुले गोलमा परिणत गरेका थिए ।

३५औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । नामस थापामगरले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

यसअघि आजै भएको उदघाटन खेलमा समूह बी अन्तर्गत पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

Post Add 1025X115
Loading...