यू–१५ साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, दाेस्राे खेलमा नेपाल र माल्दीभ्स भिड्दै

0

यू –१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तान विजयी भएको छ ।

एन्फा मैदान सातदोवाटोमा आजबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानले भारतमाथि २–१ को जित निकालेको हो । पहिलो हाफको ३१औं मिनेटमा गोल गर्दै पाकिस्तानले शुरुआती अग्रता बनाएको थियो ।

पाकिस्तानका लागि अन्दान जस्टीनले गोल गर्दैै अग्रता दिलाएका हुन् । पहिलो हाफमा १ गोलले पछि परेको भारतका थलाचुईले ५३औं मिनेटमा बराबरी गोल गरेका थिए ।

भारतमाथि दवाब राखेको पाकिस्तानका लागि वासिफले ८५ औं मिनेटमा गोल थप्दै २–१ अवस्थामा पुर्याएको थियो । त्यसपछि अतिरिक्त गोल हुन नसकेपछि पाकिस्तान विजयी भयो ।

अाजै हुने दाेस्राे खेलमा नेपाल र माल्दीभ्स भिड्दैछन् । नेपाल र माल्दीभ्सवीचकाे खेल अपरान्ह ३ बजेपछि शुरूहुने छ ।

Post Add 1025X115
Loading...