यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र माल्दीभ्स भिड्दै

0

यू १५ साफ च्याम्पियनसिपको चौथो संस्करण आजदेखि ललितपुरमा शुरु हुदैंछ । प्रतियोगितामा नेपाल सहित माल्दीभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् ।

यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् । आजको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल विहान साढे ११ बजे हुने छ ।

त्यसपछि आजै दिउँसो ३ बजे नेपाल र माल्दीम्स आमने सामने हुनेछन् ।

यू १५ साफ च्याम्पियनका अहिले सम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

Post Add 1025X115
Loading...