तेक्वान्दो र कराँते प्रशिक्षण भवन तयार, मापदण्डमा आशंका

0

नेपाली खेलकुदमा अहिले रहेको धेरैजसो पुर्वाधार स्वर्गिय सदस्यसचिव शरदचन्द्र शाहको पालामा बनेका हुन भन्दा गलत नहोला । सो बेला चीन सरकारको सहयोगमा बनेका खेलकुद पुर्वाधारमध्ये धेरैजसो पुनः निर्माणको पर्खाइमा छन । यस्तो अवस्थामा काठमाडौकै सातदोबाटोमा कराँते र तेक्वान्दोका एकेडेमी तयार भएका छन ।

जसले अब यी दुई खेलका खेलाडीले सहज रुपमा अभ्यास गर्न पाउने आशा पलाएको छ । चार वर्ष अघि तत्कालिन सदस्य सचिव युवराज लामाको पालामा सिलन्यास गरिएका कराँते र तेक्वान्दो भवनको निर्माण कार्य बल्ल अन्तिम चरणमा पुगेका छन । करातेको भवनको निर्माणका लागि सात करोड र तेक्वान्दोको भवनका लागि १७ करोडको बजेट अनुमान गरिएको थियो ।

आसन्न दक्षिण एशियाली खेलकुद नेपालमा गर्ने योजनासहित यी दुबै भवनहरु बनाइएको हुन । तर तेक्वान्दोको बिल्डिङ सुरुवातमा ६ तले बनाउने भनिएपनि पछि यसको संरचना परिमार्जित गरिएको थियो । नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद मिलेर बनाएको यी भवनका दुबै खेलका खेलाडीले आरामले प्रशिक्षण गर्न पाउनेछन ।

तेक्वान्दोका प्रशिक्षक दिपक विष्टले नयाँ पुर्वाधार बनाउनु खेलकुदका लागि राम्रो पक्ष रहेको तर कस्तो पुर्वाधार बन्यो, कसरी बन्यो त्यो विचार गर्नुपर्छ । यतिबेला कराँते र तेक्वान्दोका एकेडेमी अन्तिम चरणमा पुगेका छन । बाहिरी भाग सकिएको छ, अब भित्री भागको काम बाँकी छ । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद यो काममा लागिरहेका छन । जुन राम्रो कुरा हो । यसले खेलाडीलाई मात्र होइन दक्षिण एशियाली खेलकुदका लागि पनि ठुलो सहयोग पुग्नेछ ।

तर कराँतेका प्रशिक्षक दिपक श्रेष्ठको भनाई मान्ने हो भने कराते एकेडेमी अहिलेको टेक्नोलोनी अनुसार पुरानो भइसकेको छ । दुई बर्षको समयमा सकिने भनिएकोमा चार बर्ष लाग्यो, अझै पुर्ण रुपमा तयार भइसकेको छैन । त्यो बेला सकिएको भए लेटेष्ट भन्ने हुन्थ्यो, तर अहिले त्यो पनि पुरानो भइसकेको होकी भन्ने भान भएको छ ।

यस्तै उनले एशियन तथा अरु ठुला अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि पनि मापदण्ड नपुगेको श्रेष्ठले बताए । एशियाली च्याम्पियनसिप गर्नका लागि ८ वटा म्याट राख्ने ठाँउ हुनुपर्ने हुन्छ । तर त्यो यो भवनमा छैन ।

के कराँते र तेक्वान्दोका भवनहरु अन्तराष्ट्रिय स्तरको नबनेको हो भन्ने प्रश्नमा परिषद्का सदस्यसचिव केशवकुमार विष्टले भने अस्विकार गरेको छन । उनले एरीया र क्षेत्रफलका हिसावले सानो होला तरपनि दुबै पुर्वाधारमा सबै प्रतियोगिता गर्न मिल्नेछन ।

नयाँ पुर्वाधार निर्माण हुनु कुनैपनि खेलका लागि राम्रो पक्ष हो । तर जुन किसिमले बनाउने भनिएको थियो, त्यो हिसावले बनेका छन की छैन भनेर ताकेता भने गर्नुपर्ने देखिएको छ । त्यसैले नेपाली खेलकुदको स्तरलाई सुधारगर्न यति मात्र होइन अझ धेरै भौतिक संरचनाको खाँचो छ । त्यसतर्फ अव सरकार र खेलकुद निकाय विलम्ब गर्नु हुदैन ।

Post Add 1025X115
Loading...