तेक्वान्दोका स्वर्ण विजेता निर्मल सम्मानित

0
नेप्लेज, १६ असाेज । पाकिस्तान भएको नवौं दक्षिण एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका स्वर्ण विजेता निर्मल श्रेष्ठलाई नेपाल तेक्वान्दो संघ प्रदेश नं. ३ ले मंगलबार सम्मान गरेको छ ।
विदेशमा रहेर पनि नेपाली तेक्वान्दोको विकास र विस्तारमा सहयोग गर्दै आएकोमा निर्मललाई सम्मान गरिएको प्रदेश नं. ३ का अध्यक्ष कुशव पुरीले जनाएका छन् ।
निर्मल सन् २००५ देखि अमेरिकाको पोर्टल्यान्डमा बस्दै आएका छन् । राष्ट्रिय सभाकी सदस्य धन खतिवडा र अध्यक्ष पुरीले निर्मललाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
Post Add 1025X115
Loading...