रिजेन्द्रले क्यानडाका ग्राण्डमास्टरलाई हराए

0

नेप्लेज, ९ असोज । जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका ग्राण्डमास्टर अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन् ।

सोमबारदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पूरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो ।

नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका ग्राण्डमास्टर इरिक हसनसँग, विवेक लामा ग्राण्डमास्टर राजभान प्रेतुसँग र रुपेश जैसवाल इन्टरनेशनल मास्टर निकोली नोरिस्यानसँग पराजित भए ।

दोस्रो चरणमा नेपाली पुरुष टोलीले नेदरल्यान्ड एन्टीलाइजसँग खेल्नेछ । यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजि भएको छ ।

नेपालकी शुसिला गुरुङ लात्भीयाकी ग्राण्डमास्टर लौरा रोमुलसँग, सिन्दीरा जोशी ग्राण्डमास्टर लाजे बोरजीनासँग, सुजना लोहनी फिडेमास्टर ईलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु फिडेमास्टर लिन्दा कुरमिनासँग पराजित भए ।

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म चल्ने चेस ओलम्पियाडमा एकसय ८५ देशका १६ सय ६८ खेलाडीले भाग लिएका छन् ।

Post Add 1025X115
Loading...