तुलसीपुरमा तेक्वान्दोको ग्रेडिङ

0

-लक्ष्मण बस्नेत-

 दाङ, २३ भदौ । दाङको तुलसीपुरमा तेक्वान्दोका १ सय ७ जना खेलाडी दीक्षित भएका छन् ।

बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा सिनियर ब्ल्याक बेल्ट तर्फ १३ जना र जुनियर तर्फ ९४ जना गरी १ सय सात जना खेलाडी दीक्षित भएका हुन् ।

दीक्षित हुनेमा हाम्रो पहुँच तेक्वान्दो डोजाङबाट सिनियर ब्ल्याक बेल्ट तर्फ ९ जना र बेल्झुण्डी तेक्वान्दो डोजाङ बाट ४ जना रहेका छ्न ।

ग्रेडिङ तथा दीक्षान्त समारोहमा हाम्रो पहुँच, डिभाईन टेम्पल र बेल्झुण्डी तेक्वान्दो डोजाङका सिनियर तथा सुनियर खेलाडीको सहभागिता थियो ।

नेपाल तेक्वान्दो संघ प्रदेश नं. ५ का कोषाध्यक्ष तथा अन्तराष्ट्रिय खेलाडी मोहन सुनार, तेक्वान्दोका सहायक प्रशिक्षक राकेश परियार, भोलेन्टिएर प्रशिक्षक स्वागत परियार लगाएतले दीक्षितहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो सघ प्रदेश न ५ का उपाध्यक्ष एवं तेक्वान्दोका पूर्ब राष्ट्रीय खेलाडी जितबहादुर केसीले मानव स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको खेलकुदको बिकास बिना देशको समृद्धि असम्भव भएको बताएका थिए ।

Post Add 1025X115
Loading...