इंग्ल्याण्ड र श्रीलंकाबीचको क्रिकेट सिरिजको टिकट मूल्यमा विवाद

0

नेप्लेज, ११ भदौ । इंग्ल्याण्ड र श्रीलंकाबीच हुने क्रिकेट सिरिजको टिकटको मूल्यलाई लिएर विवाद भएको छ ।

भारत विरुद्धको पाँच एकदिवशीय क्रिकेट श्रृंखला पछि इंग्ल्याण्ड श्रीलंका जाने छ । त्यहाँ उसले १० अक्टुबरदेखि हुने प्रतियोगिताको टिकट मूल्य श्रीलंकन नागरिक र अन्य देशका नागरिकले तिर्ने टिकटको मूल्यमा असमानता रहेको दावी गरिएको छ ।

घरेलु समर्थकलाई टिकट मूल्य १.५० पाउण्ड तोकिएको छ भने विदेशी समर्थकलाई ५० पाउण्ड तोकिएको दावी गरिएको छ । तर श्रीलंकन क्रिकेट बोर्डका पदाधिकारीले भने टिकट मूल्यमा कुनै भेदभाव नभएको दाबी गरेका छन् ।

उनीहरुले सबै समर्थकलाई समान मूल्यमा टिकट बेचेको पनि बताएका छन् । श्रीलंकन क्रिकेट वोर्डका प्रशासनिक प्रमुख अरुणा डिसिल्वाले भने ‘इंग्ल्याण्डका मिडियाले सबैभन्दा महँगो र सबैभन्दा सस्तो टिकटका बीचमा तुलना गरेका छन् ।’ त्यसैले सबैले जुन कुनै मूल्यको टिकट किन्न सक्ने उनको भनाई थियो ।

Post Add 1025X115
Loading...