जोए रुटलाई आईपीएल नखेल्न इंग्ल्याण्डको निर्देशन

0

नेप्लेज, ९ भदौ  । इंग्ल्याण्डका कप्तान जोए रुटलाई आईपीएल क्रिकेट नखेल्न आदेश दिइएको छ ।

इंग्ल्याण्डको क्रिकेट बोर्डले कप्तान रुटलाई विश्वको सबैभन्दा महंगो इन्डियन प्रिमियर लिग आईपीएल नखेल्न निर्देशन दिएको हो ।

आगामी बर्ष हुने एशेज सिरिज र विश्वकपमा ध्यान केन्द्रित गर्न यस्तो आदेश दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुट अहिले भारतविरुद्धको पाँच टेस्ट क्रिकेटको श्रृंखलामा कप्तानी गरेका छन् ।

उनी अब सेप्टेम्बरमा घरेलु क्रिकेटमा ब्यस्त हुनेछन् ।

इंग्ल्याण्डको ब्यस्त तालिकाका कारण पनि उनलाई आईपीएल नखेल्न भनिएको हो ।

इंग्ल्याण्डले आगामी विश्वकपको आयोजना गर्दैछ । त्यसपछि अष्ट्रेलियाविरुद्ध एशेज खेल्ने छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डका अनुसार रुट विश्वकप र एशेजलाई मध्यनजर गर्दै उनको फिटनेशमा ध्यान दिन पनि यस्तो निर्णयमा पुगेको हो ।

सन २०१२ मा डेब्यु गरेका रुटले अहिले सम्म इंग्ल्याण्डका लागि ७२ टेस्टमा ६१०२ तथा ११६ एकदिवशीयमा ४८०० रन बनाएका छ ।

Post Add 1025X115
Loading...