एशियाली खेलकुद : पुरुष म्याराथनमा नेपाली धावकले रेस पूरा गर्न सकेनन्

0

नेप्लेज, ९ भदौ ।  इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत शनिबार बिहान सम्पन्न पुरुष म्याराथनमा नेपालका दुवै धावकले दूरी पूरा गर्न सकेनन् ।

शनिबार बिहान भएको पुरुष म्याराथनमा नेपालबाट कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्कीले सहभागिता जनाएका थिए ।

तर, उनीहरु दुवैले बीचैमा दौड छाडे । नेपालमा तयारी गरेका उनीहरुले इण्डोनेसिया इण्डोनेसियाको वातावरणमा थकित भएकाले बीचैमा रेस छाडेको प्रतिक्रिया दिएका छन् ।

यस स्पर्धामा जापानी खेलाडी इनोइ हारितोले स्वर्ण जिते । उनले निर्धारित दूरी २ घण्टा १८ मिनेट २२ सेकेण्डमा पूरा गरे ।

२१ धावकको सहभागिता रहेको पुरुष म्याराथनमा दुई नेपालीसहित ६ धावकले रेस पूरा गर्न सकेनन् ।

Post Add 1025X115
Loading...