अाइपिएलमा सन्दिपका समकक्षी १८ बर्षे पृथ्वीले इङंल्याण्ड विरुद्ध टेष्टमा डेब्यु गर्ने

0

इङल्याण्ड विरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ बर्षे युवा खेलाडी पृथ्वी शा लाई टिममा बोलाएको छ ।

अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शा लाई बीसीसीआईले एकदिवसिय भन्दा पहिलो टेष्ट टिममा बोलाएको छ । उनले मुरली विजयको स्थानमा इङल्याण्ड विरुद्धको तेस्रो र चौथो टेष्ट खेल्नेछन ।

पहिलो श्रेणीको क्रिकेटमा यो सिजन १४ वटा सतक बनाएको शा ले भारत यू–१९ विश्वकपको उपाधि जित्दा कप्तान थिए । पछिल्लो पटक निकै राम्रो फर्म रहेका शा इन्डिया ए टिमबाट वेष्ट इन्डिज ए विरुद्ध एक सय ८८ रन हानेका थिए ।

इन्डियन प्रिमियर लिग आइपिएलमा नेपाली बलर सन्दिप लामिछानेसंगै दिल्लीबाट खेलेका शा को ब्याटिङ गर्ने शैली सचिनसँग तुलना गरिदै आएको छ । शा सँगै अर्का युवा खेलाडी हनुमा विहारीले पनि टेष्ट डेब्यु गर्ने भएका छन ।

Post Add 1025X115
Loading...