पहिलाे अभ्यास खेलमा नेपाल क्रिकेट टिम ६७ रनले विजयी

0

नेप्लेज, ६ भदाै । एसीसी एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो खेलमा जित निकालेको छ । नेपालले श्रीलंकाको आर्मी टिमलाई ६७ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर चार बलमा एक सय ९४ रनमा अलआउट भयो । नियमित कप्तान पारस खड्का विना नै मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन ।

३० रन हुदा दुई विकेट गुमाएको नेपालका लागि आरिफ शेखले अविजीत ८९ रन बनाए । यस्तै आजको खेलका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउदा रोहित पौडेलले १२ रन जोडे । यस्तै यो पटक टिममा कमब्याक गरेका विनोद भण्डारी १६ रनमा पेभेलियन फर्किए । ९० रन बनाउदा ७ विकेट गमाएको नेपालका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन ।

जवाफमा आर्मी टिम ३६ ओभर एक बलमा एक सय २७ रनमा अलआउट भयो । आर्मीका लागि जगथ राजापाक्षले सर्वाधिक ४६ रन बनाउदा लहरी चामाराले २६ र प्रदिप रथनायकेले १८ रनको योगदान गरे ।

बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । बलिङ तर्फ नेपालका सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने दिपेन्द्र ऐरीले दुई र ललित भण्डारी तथा ललित राजवंशीले एक एक विकेट हात पारे ।

Post Add 1025X115
Loading...