प्याराग्लाइडिङतर्फ टिम एक्यूरेसीमा नेपाललाई पदक आएन

0

नेप्लेज ६ भदौ । एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको प्याराग्लाइडिङको एउटा बिधा टिम एक्युरेसीमा नेपाल पदक जित्न असफल भएको छ ।

बुधबार सकिएको टिम एक्युरेसीतर्फको प्रतिस्पर्धामा नेपाल पुरुष टिम एक्यूरेसीमा आठौं तथा महिला टिम एक्यूरेसीमा सातौं भयो ।

टिम एक्युरेसीको पुरुषतर्फ आयोजक इण्डोनेशियाले स्वर्ण पदक जित्दा दक्षिण कोरियाले रजत र थाइल्याण्डले काश्य पदक पाए । त्यस्तै महिलातर्फ थाइल्याण्डले स्वर्ण जित्दा इण्डोनेसियाले रजत र थाइल्याण्डले काश्य पदक जिते ।

यस स्पर्धामा महिलातर्फ ९ र पुरुषतर्फ १५ राष्ट्रका टोली सहभागी थिए ।

यता इण्डिभिज्युअल एक्यूरेसीतर्फ भने ६ चरणसम्मको खेल सकिएको छ । यस चरणसम्म पुग्दा नेपालका विजय गौतम १५औं स्थानमा छन् । इण्डिभिज्युअल एक्युरेसीमा १० चरणको प्रतिसपर्धा पछि पदकको छिनोफानो हुनेछ ।

Post Add 1025X115
Loading...