एशियाली खेलकुदः पुरुष भलिबलमा नेपाल पराजित

0

नेप्लेज, ६ भदौ । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एशियाली खेलकुदको चौथो दिन बुधबार नेपाली पुरुष भलिबल टोलीले चाइनिज ताइपेईसँग पराजय ब्यहोरेको छ ।

प्रतियोगिताको समूह डी मा रहेको नेपाल चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भयो ।

पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो सेट २५–१९ ले गुमाउन पुग्यो । तेस्रो सेटमा नेपालको प्रदर्शन अझै कमजोर रह्यो । तेस्रो सेटमा नेपाल २५-१४ ले पराजित हुन पुग्यो ।

समूह डीमा नेपाल र चाइनिज ताइपेईसँगै दक्षिण कोरिया पनि छ । नेपालले पर्सी शुक्रबार दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस खेल जितेमा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुनेछ ।

यसअघि बुधबार भएको खेलमा तेक्वान्दोका वीरबहादुर महरा प्रिक्वार्टरफाइनलमा पराजित भए भने पौडीतर्फ गौरिका सिंह र शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए ।

Post Add 1025X115
Loading...