एसियन गेम्स: पाैडीमा गाैरीका र सुभंम हिट चरणबाट बाहिर, तेक्वान्दाेका बीरबहादुर अन्तिम १६ मा पराजित

0

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा ओलम्पियन गौरीका सिंह महिला दुई सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट नै बाहिरीएकी छिन ।

पहिलो स्पर्धामा ५० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाट नै आउट भएकी गौरीका दुई सय मिटर फ्रिस्टाइलमा पनि असफल भइन ।
दक्षिण एशियाली खेलकुद सागकी पदक विजेता गौरीले दुई सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तीमान पनि भंग गर्न सकिनन् ।

कुल आठ खेलाडी सम्मिलिट हिट १ मा गौरीका सातौ स्थानमा आइन । उनले दुई मिनेट १२ दशमलव ५३ सेकेण्डका समय लगाईन ।

यता पुरुषको एक सय मिटर ब्याकस्टोकमा पनि नेपाली पौडीवाज सुभंम श्रेष्ठ हटि चरणबाट नै बाहिरीए । हिट १ मा प्रतिस्पर्धा गरेका उनले पनि राष्ट्रिय किर्तीमान भंग गर्न सकेनन् । आफ्नो हिटमा तेस्रो स्थानमा रहेपनि उनि अर्को चरणमा जान असफल भए । उनले एक मिनेट ११ दशमलव ३७ समयमा दुरी पुरा गरे ।

तेक्वान्दोमा पुरुष ६३ केजी मुनिको तौल समुहमा नेपालका बीरबहादुर महरा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन । उनले अन्तिम ३२ को खेलमा अफगानिस्तानका विकासी अहमदलाई २४–१३ ले पराजित गरे । उनले अब दुई वटा स्पर्धामा जित निकालेमा कम्तिमा कास्य पदक जित्नेछन ।

तर अन्तिम १६ मा उनि काजकास्तानका बक्तियारुलेसँग ३०–१९ ले पराजित हुँदै आउट भए ।

Post Add 1025X115
Loading...