एसियन खेलकुदमा तेक्वान्दाेकाे खराब प्रदर्शन, अाेलम्पियन निशासँगै ज्ञानीकाे यात्रा समाप्त

0

ओलम्पियन निशा रावल इन्डोनसियामा जारी एसियन गेम्सको प्रिक्वाटरफाइनलबाट नै बाहिरीएको छ । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरीदा निशा रावल पनि सुरुवाती चरणबाट नै आउट भएकी छिन ।

६७ केजी माथिको तौल समुहमा निशा चीनकी गाओ पानसँग २२–६ को भारी स्कोरले पराजित भइन । पहिलो राउन्डमा तीन एकले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडी परिन ।

तेस्रो तथा अन्तिम राउन्डमा कमब्याक गर्न खोग्दा आफ्नो लयलाई गुमाउन पुगिन । जसका फाइनल चीनकी खेलाडीले लिदै १३–२ अंक बटुलिन । जसका कारण निशा २२–६ ले पराजित भइन ।

महिला ५७ केजी मुनीको फाइटतर्फ ज्ञानी चुनारा फिलिपिन्सकी पौलिन लोपेजसंग २० – ० अंकले पराजित भईन् ।

यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गरेकी थिइन् ।

Post Add 1025X115
Loading...