प्रक्रिया नपुगेकाे भन्दै राखेपले राेक्याे एथलेटिक्स संघकाे साधारण सभा

0

नेप्लेज, २९ साउन । नेपाल एथलेटिक्स संघको साधारण सभा स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चितवनको सौराहमा आज तय भएको साधारण सभा स्थगित गर्नका लागि निर्देशन दिएपछि साधारण सभा तथा निर्वाचन स्थगित भएको हो ।

विसं २०७० मा निर्वाचित कमिटीको म्याद चार वर्ष हुनु पर्ने प्रावधान रहेपनि एक वर्ष समय नाघिसकेको छ । संघका वर्तमान अध्यक्ष राजिव विक्रम शाहीले निर्वाचन तथा साधारण सभाका बारेमा राखेपबाट प्रतिनिधि पठाउन आग्रह गरेको बताए । तर इण्डोनेसियामा हुन लागेको १७औं एसियाली खेलकुदमा परिषद् ब्यस्त रहेका कारण यसलाई केही समयका लागि स्थगित गर्न निर्देशन दिएको छ ।

‘श्रावण २९ गते चितवनको सौराहामा संघको केन्द्रिय कार्यसमितिको साधारण सभा तथा निर्वाचन गर्ने भनिएकोमा मित्रराष्ट्र इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुद र नेपाल एथलेटिक्स संघका निर्वाचनका केही प्रकृया मिलाउनु पर्ने भएकाले साधारण सभा स्थगित गरी अकोृ मितिमा निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु पूरा गर्न नगराउन निर्देशानुसार अनुरोध छ ।’ परिषद्को पत्रमा उल्लेख छ ।

परिषद्ले साधारण सदस्य वितरण, जिल्ला संघ पूर्नगठन, केन्द्रिय प्रतिनिधि छनौट र पेश्की तथा बेरुजु फच्र्यौट सम्पन्न गराउन तोक आदेश दिएको थियो । संघले निर्वाचनका सबै प्रक्रिया र परिषद्को तोक आदेश अनुसार पालना भइसकेको दाबी गरेको छ ।

संघका अध्यक्ष राजिव विक्रम शाहीले भने यथासक्य छिटो साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न आफु तत्पर रहेको प्रतिक्रिया दिएका छन् । ‘एसियाली खेलकुद भदौ १७ गते सम्पन्न हुनेछ । त्यस एक साता पछि २२ गते भित्रै साधारण सभा गराउनेछौं,’ अध्यक्ष शाहीले भने ।

Post Add 1025X115
Loading...