भारतीय खेलाडी हकमसिंहको निधन

0

नेप्लेज, २९ साउन । एथ्लेटिक्स अन्तर्गत एशियाली खेलकूदमा गोल्ड मेडल जितेका भारतीय खेलाडी हकमसिंह भट्टलको निधन भएको छ ।

कलेजोको समस्याका कारण लामो समय सम्म अस्पतालमा रहेका भट्टलको आज विहान भारतको पञ्जाबमा रहेका संगरुर अस्पतालमा निधन भएको हो ।

आर्थिक अवस्था खराब भएकाले उपचारमा सुरुमा उनको परिवारले ठूलै समस्या झेलेको थियो । उनले सन् १९७८ मा बैंककमा भएको एशियन गेम्सभमा २० किलोभिटर दौडमा गोल्ड मेडल जित्दै नयाँ रेकर्ड पनि बनाए काथिए ।

सन् १९८१ मा घाइते भएपछि खेल जीवनबाट सन्यास लिएका भट्टल पञ्जाब पुलिसमा २००३ देखि एथ्लेटिक्स कोच भएका थिए । उनी पञ्जाब पुलिसको कोचबाट २०१४ मा निवृक्त भएका थिए ।

 

 

Post Add 1025X115
Loading...