हर्डल्सका पूर्व च्याम्पिय बेटकाे सडक दुर्घटनामा मृत्यु

0

नेप्लेज, २३ साउन । सडक दुर्घटनामा परी ४०० मिटर हर्डल्सका पूर्व च्याम्पियन निकोलास बेटको मृत्यु भएको छ ।

केन्याको खेलकुद मन्त्रालयले २८ वर्षे बेटको मृत्यु भएको पुष्टि गरेको छ । नाइजेरियामा भएको अफ्रिकन च्याम्पियनसिपमा भाग लिएर केन्या फर्किने क्रममा उनको कार अनियन्त्रित भई खोल्सामा पुगेको थियो ।

‘४०० मिटर हर्डल्सका पूर्व विश्व च्याम्पियन निकोलास बेटको सडक दुर्घटनामा परी मृत्यु भएको छ । समस्त खेल क्षेत्रको तर्फबाट म उनको परिवार प्रति समवेदना ब्यक्त गर्न चाहन्छु ।’ केन्याको खेलकुद क्याविनेटका सविच राशिद इचेसाले ट्वीटरमा लेखेका छन् ।

 

यो ट्वीटलाई केन्याको खेलकुद मन्त्रालयले पनि रिट्वीट गरेको छ ।

बेटले सन् २०१५ मा बेइजिङमा भएको विश्व च्याम्पियनसिपमा ४०० मिटर हर्डल्सको स्वर्ण जितेका थिए, जुन केन्याका लागि ८०० मिटर भन्दा कम दूरीको पहिलो स्वर्ण थियो । उनको जुम्ल्याहा भाई हारोन कोइच पनि हडल्र्सका खेलाडी हुन् ।

Post Add 1025X115
Loading...