गोल्ड कोस्ट ओपनमा नेपाललाई ५ स्वर्ण

0

काठमाडौं १२ साउन । अस्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भएका छन् । शनिबार क्यारेरा इन्डोर स्टेडियममा जारी नवौं गोल्डकोस्ट ओपनमा रन्जन श्रेष्ठ, पारस भण्डारी, प्रनिस गुरुङ, यङचेन शेर्पा र अभिनव शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाए ।

रन्जनले ब्रेकिङमा स्वर्ण जित्दा ६९ केजीमुनी फाइटतर्फ भने रजत पदकमै चिक्त बुझाएको उनका प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए । अभिनवले भने १३ बर्षमूनिको पुम्सेमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अस्ट्रेलियाका ब्लाके मुर्रेलाई हराएर स्वर्ण हात पारेका हुन् । त्यसअघि उनले क्वार्टरफाइनलमा अस्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका ऐकन ग्रानिर अमुरलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

गल्सतर्फको यू–१५ मा पुम्सेमा यङचेनले स्वर्ण जितेकी हुन् । यङचेनले फाइनलमा क्यानाडाकी सोफी ओडेयालाई हराएकी स्वर्ण पदक आफ्नो बनाइन् । त्यसअघि उनले क्वार्टरफाइनलमा फ्रान्सकी क्रिस्टेल मोरे र सेमिफाइनलमा अस्ट्रेलियाकी इसाबेल पार्कलाई हराउँदै फाइनलको यात्रा तय गरेको व्यवस्थापक तथा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए । गल्र्स यू–१५ पुम्सेमा नेपालकी सितु सिंह मास्केले कांस्य पदक हात पारिन् । क्वार्टरफाइनलमा क्यानडाकी एरिका डकिन्सलाई हराएकी सितु सेमिफाइनलमा अस्ट्रेलियाकी हन्नाह ड्रेजससँग स्तब्ध हुँदै कांस्यमा चित्त टिम अफ हेड कुमार लामा घिसिङले जानकारी दिए ।

अभिनव र सितुले ग्यरोगी विधातर्फ प्रतिस्पर्धा गर्नेछन् । फाइटतर्फ ५४ केजीमुनि पारस भण्डारीले स्वर्ण जितेका थिए । फाइटमै प्रनिस गुरुङले पनि स्वर्ण जित्न सफल भएको प्रशिक्षक बब्लु सिवाकोटीले जानकारी दिए । फाइटमै ८७ केजीमुनि तौलसमूहमा रजत जितेका अनिस महर्जनले ब्रेकिङमा भने कांस्य पदकमै चित्त बुझाए । ७४ केजीमुनि बिकेस बिडारीले कांस्य पदक जित्न सफल भए । १२औँ सागमा रजत पदक विजेता रेजिना कार्कीले ४९ केजीमुनि तौलसमूहमा कांस्य पदकमै चित्त बुझाइन् । आइतबार रेजिनाले ब्रेकिङमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।

Post Add 1025X115
Loading...