रसियाको प्रतिबन्ध फुकुवाका लागि अझै इच्छुक देखिएन ‘आइएएफ’

0

नेप्लेज,१० साउन । अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघले रसियाको प्रतिबन्धलाई अझै फुकुवा नगर्ने भएको छ । प्रतिबन्धीत औषधीलाई राज्यले नै प्रयोग गर्न दिएको भनेर आईएएफले रसियालाई लगाएको प्रतिबन्ध फुकुवाका लागि सकारात्मक काम भएपछि महासंघले भने फुकुवाका लागि लचिलो देखिएको छैन ।

सन् २०१५ को नोवेम्बरमा राज्य प्रायोजित प्रतिबन्धित औषधी प्रयोग गरेको भन्दा आइएएफले रसियालाई पहिलो पटक प्रतिबन्ध लगाएको थियो । तर त्यो प्रतिबन्ध फुकुवाका लागि रसियाले धेरै लचकता अपनाएको थियो । यसैमा पनि अबको १० दिनपछि बर्लिनमा युरोपियन च्याम्पियनसिपन हुँदैछ ।

तर रसिया माथिको प्रतिबन्ध फुकुवा हुने सम्भावना निकै कम छ । फुकुवाका लागि रसियाले सकारात्मक काम गरेको बताएपनि आइएएफका अध्यक्ष लर्ड कोयले अझै केहि समस्या बाँकि रहेको बताएका छन ।

उनले केहि ठाउमा सकारात्मक काम भएका भएपनि अझै पुर्ण रुपमा प्रतिबन्ध फुकुवा नै गर्ने किसिमले काम नभएको उनले बताए ।

Post Add 1025X115
Loading...