टिमले विश्वकप नजिते पनि क्राेएशियाली राष्ट्रपतिको यस्ताे फुटबल मोह

0

नेप्लेज,३२ असार । फुटबलमा निकै अनौठा समर्थक हामी धेरै देखेका छौं । तर, पहिलो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिबाट बञ्चित भएको क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचले टिमका लागि गरेको समर्थनको चर्चा यतिबेला विश्वभर चुलिएको छ ।

कुनै पनि देशको प्रमुख ब्यक्तिले आफ्नो देशको समर्थनका लागि धेरै भन्दा धेरै भनेको मैदानमा पुगेर भिआईपी कक्षमा बसेर खेल हेर्ने र जितेमा खेलाडीलाई भेटेर बधाई दिने वा हारेमा सान्त्वना । तर, क्रोयसियाकी राष्ट्रपति कोलिन्डा यो मामलामा निकै फरक देखिइन् ।

जब क्रोयसिया विश्वकप खेलिरहेको थियो कोलिन्डा आमदर्शक बस्ने ठाउँमा पुगेर टिमको जर्सि लगाएर खेल हेरिन् । यसमा उनकाे अाफ्नै तर्क थियो, स्ट्यान्डमा बसेर अफ्रिँदै खेल हेर्न पाइन्छ । उनको टिमप्रतिको समर्थनले फिफा अध्यक्ष इन्फान्टिन्होदेखि रसियन राष्ट्रपति भ्लादिमिर पुटिन पनि जिल्ल परे । हरेक खेल रंगशालामा पुगेर हेरेकी उनले फाइनल खेलमा भने झनै रोमाञ्चित बनिन् ।

भिभिआईपी कक्षमा फ्रान्सका राष्ट्रपतिदेखि रसियन राष्ट्रपति चिटिक्क परेर सुटमा भलद्मी पाराले खेल हेरिरहेका थिए । तर, कोलिन्डा भने राष्ट्रिय टिमको जर्सिमा पुगिन । जव  टिमले बल आफ्नो नियन्त्रणमा लान्थ्यो उनी सिटबाट उठेर उफ्रिन्थिन् । टिमले गोल गर्दा उनले बेसरी चिच्याएर गोलको खुसी मनाइन् ।

४६ बर्षको उमेरमा पनि किशोर जस्तै उफ्रिएकी कोलिन्डाले खेलाडी प्रतिको सहानुभुतीले झनै सबैको बधाईको पात्र बनिन् । फाइनलमा टिमले हार्दा खेलाडी जति दुःखी थिइन त्यती नै उनी पनि । तर, उनले दुखी खेलाडीलाई अंकमाल गरेर उनको पिडालाई सेयर गरिन् । पुरस्कार समारोहमा भारी बर्षा हुँदा पुटिनलाई छाता आेडाइएकाे थियो, तर, उनी पूरै भिजेर अाफ्ना खेलाडी र प्रशिक्षकलाई सान्त्वना दिइरहेकी थिइन् भने फ्रान्सका खेलाडीलार्इ बधाई दिइरहेकी थिइन् ।

सुन्दर अनुहार, चिटिक्क परेको ज्यान, त्यसमा पनि साधारण बानी र जीवनशैली यसले उनको ब्यक्तित्वलाई निकै फरक पारेको छ । खेलाडी दुःखी छन भनेर उनी ड्रेसिङरुममा नै पुगेर भेटिन् र सबैलाई पालैपालो अंकमाल गरिन् । यतिमात्र होइन, उनी फ्रान्सको ड्रेसिङ रुपमा पुगेर पनि बधाई दिइन् ।

उनको यो डेडिकेसन र देशप्रतिको मायाले कोलिन्डा यतिबेला सोसियल मिडियामा मात्र होइन उनका बारेमा धेरैले खोजेका छन् ।

Post Add 1025X115
Loading...