जाेकाेभिचले जिते विम्बल्डन च्याम्पियनसिप

0

नेप्लेज, ३२ असार । सर्वियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । १२औं वरियताका जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३–० को सेटमा हराउँदै ३१ वर्षे जोकोभिचले ग्राण्डस्लाममा कमब्याक गरेका हुन् ।

सन् २०१६ को फ्रेन्च ओपन जितेदेखि ग्राण्डस्लाम उपाधि विहिन रहेका जोकोभिचले पहिलो दुई सेटमा ६–२ र ६–२ को सहज जित निकाले ।

पहिलाे सेटमा २९ मिनेटमा सकेका जोकोभिचले दोस्रो सेट हात पार्नका लागि अझ छोटो समयमा आफ्नो पक्षमा पारे ।

तेस्रो सेटमा पाँच सेट पोइन्ट जित्दै जोकोभिचले टाई ब्रेकरमा जाँदा एन्डरसनमाथि दबाब कायम गरेपछि ७–६ को जित हात पारे ।
समग्रमा १३औं ग्राण्डस्लाम जितेका जोकोभिचको यो चौथो विम्बल्डन उपाधि हो ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै जोकोभिचले दुई वर्षपछिको कमब्याक आफ्ना लागि विषेश अवसर भएको बताए । ‘आफ्नो प्रदर्शनमा आफैं विश्वस्त थिइन, यो स्तरको प्रतियोगितामा कमब्याक गर्न सक्छु जस्तो लागेको थिएन ।’ जोकोभिचले भने ।
सेमिफाइनलमा राफेल नाडललाई हराएका जोकोभिच यो उपाधिसँगै सर्वाधिक ग्राण्डस्लाम जित्ने पुरुष खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

रोजर फेडेररले २०, राफेल नाडलले १७ र पिट साम्प्रासले १४ ग्राण्डस्लाम जितेका छन् ।

Post Add 1025X115
Loading...