पहिलाे हाफमा फ्रान्स २-१ गाेलले अगाडी

0

नेप्लेज, ३१ असार ।  रुसमा जारी २१ औं संस्करणको विश्वकप फाइनल खेलको पहिलो हाफमा फान्स २–१ को अग्रता कायम गरेको छ । नेपाली समयअनुसार पौने ९ बजेबाट लुजुन्की रंगशालामा शुरु भएको खेल निकै नै रोमान्चक बनेको छ ।

शुरुवातीदेखि नै दुबै टोली निकै नै आक्रामक रुपमा मैदानमा उत्रिएका छन् । खेलको १८ औं मिनेटमा फ्रान्सले अग्रता लिएको थिए । फ्रान्सले पाएको फ्रिकिक क्लियर गर्न खोज्दा क्रोएसियाका मारियो मान्जुकिचले हेडमार्फत आत्मघाती गोल गरेका थिए । एक गोलले अग्रता लिएको फ्रान्स धेरै बेर टिक्न सकेन ।

पहिलो गोल भएको १० मिनेट नबित्दै फ्रान्सका कान्टेले गरेको फलमा पाएको फ्रिकिकलाई क्रोएसियाका इभान पेरिसिसले बललाई जाली चुमाएका थिए । यस विश्वकपको २९ औं पेनाल्टीबाट ग्रिजमेनले गोल गर्दै फ्रान्सले २–१ को अग्रता लियो ।

निकै नै रोमाञ्चक बनेको खेलमा पहिलो हाफको अन्तिम समयमा क्रोएसियाले लगातार तीन पटकसम्म क्रनर पाए पनि गोलमा परिणत गर्न भने सकेन ।

Post Add 1025X115
Loading...