आफ्नो देशलाई फाइनलमा पुर्‍याउने गोल लाइनका दुई नायक

0

नेप्लेज, ३१ असार । रसिया विश्वकप क्लाइमेक्समा पुगेको छ । आज राती नेपाली समय अनुसार पौने नौ बजे लुज्निकी स्टेडियममा फ्रान्स र क्रोएशियावीच उपाधि भिडन्त हुँदैछ । केलियन एमबाप्पे र लुका मोड्रिच हेडलाइन बनिरहेका छन् । तर योवीचमा दुई सुपर स्टार छन् जसले चुपचाप आफ्नो काम गरिरहेका छन् अर्थात फ्रान्सका गोलकिपर ह्युगो लोरिस र क्रोएशियाका गोलकिपर डेनिएल सुबासिच । दुवैले आ–आफ्नो भूमिकामा निपूर्ण छन् । फाइनल सम्म आफ्नो टिमलाइ पु¥याउन उनीहरुले गोलपोस्टमा शानदार उपस्थिती जनाए । निर्णायक खेलमा चामत्कारिक बचाउ गरेका छन ।

ह्युगो लोरिस (फ्रान्स )

उमेर –३१ वर्ष
क्लब –टोटनह्याम
रसिया २०१८ सुटआउटस –४

ह्युगो लोरिसको नेतृत्वमा फ्रान्सले लामो समय देखी खोजेको एकरुपता पाएको छ । सन् २००९ देखी पहिलो रोजाइका गोलकिपर बनेका उनले एक दशकदेखिको लामो अनुभव बटुलेका छन् । बेल्जियम विरुद्धको खेल संगै उनले राष्ट्रिय टिम बाट १०३ क्याप जिते । क्रोएसियाविरुद्धको खेलबाट लोरिस फ्रान्स टिमबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनले अहिलेका प्रशिक्षक डिडियर डेसच्याम्पलाई पछि पार्नेछन् । अहिलेसम्म डेसच्याम्पले फ्रान्सका लागि १०३ खेल खेलेका छन् । उनले फ्रान्सेली टिममा सबैभन्दा धेरै क्याप जित्ने गोलकिपरको कीर्तिमान भने बनाइसकेका छन् ।

३१ वर्षको उमेरमा लोरिस आफ्नो गोलकिपिङ करियरको प्राइम टाइममा छन । यो विश्वकपमा उनको कौशलमा गिरावट र प्रदर्शनमा बढ्दो उमेरको झल्को कतै देखिएको छैन । उनको महत्व एक राम्रो गोलकिपरका रुपमा मात्र छैन् । उनी डेसच्याम्पका विश्वास हुन् । त्यस्तै फ्रान्स कप्तानका रुपमा सवैभन्दा धेरै ( ७९) खेल खेल्ने किर्तिमान पनि उनको नाममा बनेको छ । उनी रसिया विश्वकपमा अहिले सम्म फ्रेन्च टिमका एक वास्तविक नायक हुन । उनी पेरु, उरुग्वे र बेल्जियम विरुद्धको अति महत्वपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रसियामा उनले विपक्षीको धेरै प्रहार बचाएका छन् । तर ती मध्ये उरुग्वे विरुद्ध उनले शानदार बचाउ गरेका थिए । पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा खेल तनावग्रस्त बनिरहेको थियो । फ्रान्स मात्र १–० ले अघि थियो । त्यही बेला उरुग्वेका मार्टिन सेसर्सले पउल पोग्बालाइ छल्दै वल अगाडी बढाए । उनले सोचेभन्दा धेरै सशक्त हेडर प्रहार गरे । तर सो प्रहारलाइ लोरिसले अविश्वसनिय रुपमा बचाउ गर्दै आफ्नो टिमलाइ गोल खान बाट जोगाए । खेलपछि डेसच्याम्पले भने ‘इट्स नट अ सेभ इट्स अलमस्ट अ गोल’

डेनिएल सुबासिच (क्रोएशिया)

क्लब–मोनाको
रसिया २०१८ सुटआउटस– २

सुबासिचले रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । क्रोएशिया कठिन समुहमा रहेको थियो । समुह डीमा क्रोएशिया संगै अर्जेन्टिना, आइसल्यान्ड र नाइजेरिया थिए । तर क्रोएशियाले सवै खेलमा जीत हात पार्दा मात्र एक गोल खाएको थियो । र क्रोएशियाको सफलतामा सुबासिचले सामान्य भूमिका छैन । पेनाल्टी सुटआउटको कथा अर्कै छ । क्रोएशियाले प्रिक्वार्टर फाइनलमा डेनमार्कलाइ पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । क्वाटरफाइनलमा रसियालाइ पेनाल्टी मै ४–३ ले पराजित गर्‍याे ।

सुबासिच विश्वकपमा चार वा चार भन्दा बढी पेनाल्टी सुटआउट बचाउने दोस्रो गोलकिपर बने । उनले आफुलाई एक्सपर्टको रुपमा स्थापित गरे भने अपार सम्मान पनि पाए ।

सुबासिचले जब डेनमार्क विरुद्ध तीन पेनाल्टी बचाउ गरे उनले आफ्नो परिवर्तनशील प्रतिभा देखाएका थिए । डेनमार्कका तीन खेलाडीको पेनाल्टी उनले फरक फरक तरिकाले बचाउ गरेका थिए । रसिया विरुद्ध पनि उनको प्रदर्शन अद्भूत नै रह्यो । क्रोएशियालाई पहिलो पटक विश्वकप फाइनल पु¥याउन सुबासिचको प्रदर्शन महत्वपुर्ण रह्यो ।

Post Add 1025X115
Loading...