विश्व युवा दक्षता दिवसका दिन डल्लुमा सम्पदा दौडको आयोजना

0

नेप्लेज, ३१ असार । नेपालमा पर्यटन विकासका लागि भन्दै डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा सम्पदा दौड कार्यक्रम सम्पन्न गरेको छ ।

बिश्व सम्पदा क्षेत्रमा पर्ने स्वयम्भुको भुईखेलबाट शुरू भएको दौड भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा समापन गरिएको थियो ।

विश्व युवा दक्षता दिवसको सन्दर्भमा पारेर गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको हरेक विकासका लागि युवाहरू जुझारूका साथ आफ्नो दक्षता प्रयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बिभिन्न जिल्लाहरू, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितिय र तृतिय भएका खेलाडीहरूलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जिवनराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल र नेपाल ओलम्पिक कमिटी अध्यक्ष तथा माननीय सांसद जिवनराम श्रेष्ठले कार्यक्रमको महत्वबारे प्रवचन दिएका थिए ।

नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचानसहित विश्वसामू चिनाउने उद्देश्यका साथ समाज वा राष्ट्रको बिकासमा टिमवर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिए ।

भविश्यमा यस कार्यक्रमलाई निरन्तरता दिने र विदेशी खेलाडीहरुलाई पनि आकर्षित गर्ने योजना रहेको उनले सुनाए ।

Post Add 1025X115
Loading...