फुटबलको फाइनल खेल हेर्न भारतीय मोडल पूनम पाण्डे नेपालमा

0

काठमाडौं, ३० असार । भारतीय चर्चित मोडल पूनम पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानसँगै बसेर हेर्न नेपाल आएकी छन् । शुक्रबार काठमाडौं आइपुगेकी मोडल पाण्डेले आइतबार दरबारमार्गस्थित डेजाभु क्लवमा विश्वकप फुटबलको फाइनल खेल हेर्ने कार्यक्रम छ ।

सन् २०१५ को विश्वकप क्रिकेटको उपाधि भारतले जिते ‘नाङ्गै हुने’ अभिव्यक्ति दिएर चर्चामा आएकी पाण्डेले यस पटक फिफा विश्वकप क्रोएशियाले जित्ने दाबी गरेकी छन् ।

आज काठमाडौमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पुनम पाण्डे फ्यानहरुकाबीचमा रहेर रशियामा जारी विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले उनलाई काठमाडौंमा ल्याइएको जानकारी दिए ।
यसपालिको विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन्, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, थाहा पाउनु हुनेछ ।’


रशियामा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जीयमको राम्रो लागेको बताउँदै मोडल पाण्डेले भनिन्, ‘बेल्जीयमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’

किन आईन पुनम डेजाभुमा ?
डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याईएको हो, बाहिर हल्ला फिजाईए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याईएको होईन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’

Post Add 1025X115
Loading...