यस कारण च्याम्पियन बन्न सक्छ फ्रान्स

0

विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता विश्वकपको फाइनल पुग्नुका लागि कम मेहनतले पुग्दैन । विश्वका सर्वोत्कृष्ट ३२ टिम र त्यसपछि उनीहरुवीचको प्रतिष्पर्धा । त्यही प्रतिष्पर्धाबाट ३० टिमलाई पाखा लगाउँदै निस्किएका दुई टिम फाइनलका हकदार हुन्छन् ।

असामान्य प्रदर्शनकै कारण दुई टिमले फाइनलमा स्थान बनाएका हुन् । कुनै पनि टिमको यो अभियानमा खेलाडीसँगै प्रशिक्षक, टिम ब्यवस्थापन, समर्थक र जित्ने आत्मविश्वास प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् ।

विश्वकप विजेताको नाममा विश्वकप विजेता भनेर लेखिनेछ, जसका लागि टिमले महत्वपूर्ण तयारी गरेका हुन्छन् ।
विश्वकपमा एउटा टिम र त्यसका खेलाडीको नाम इतिहासमा सुनौलो अक्षरले लेखिनेछ । आइतबार फाइनलमा फ्रान्स र क्रोएशिया भिड्दैछन । फिफा टिम रिपोर्टरले फ्रान्सले किन जित्न सक्छ भनेर तीन कारण दिएका छन ।

१ सोलिडिटी (दृढता)

फ्रेन्च टिमले प्रतियोगिता भरी उत्कृष्ट डिफेन्स र अट्याक्टको नमुना प्रस्तुत गरेको छ । हेरौ केही तथ्यहरु –

– रसिया विश्वकपमा फ्रान्स जम्मा नौ मिनेट मात्र विपक्षीभन्दा पछि परेको थियो ।

– उसका लागी मिडफिल्डर एंगोको कान्टेले ४८ पटक विपक्षी बाट वल खोस्न सफल भएका छन । रसियामा कुनैपनि खेलाडीले वल पोसेसन फिर्ता लिएको सवैभन्दा बढी हो ।

– गोलकिपर ह्युगो लोरिसले फ्रान्सको पोस्टमा आएका पछिल्ला सात आक्रमणलाइ विफल पारिदिएका छन ।

– विश्वकपका ११ खेलमा आठ जित हात पारेका प्रशिक्षक डिडियर डेसच्याम्प सबैभन्दा धेरै खेल जिताउने प्रशिक्षक हुन् । कम्तिमा १० खेल खेलाउँदा सबैभन्दा धेरै प्रतिशत (७३) प्रतिशत खेल जिताउने पहिलो प्रशिक्षक हुन् ।

– अर्जेन्टिना विरुद्धको समुह चरणको खेलमा १९ वर्षिय किलियोन एम्बाप्पे पेले पछि सबैभन्दा कम उमेरमा विश्वकपको फाइनल चरणमा गोल गर्ने खेलाडी बनेका थिए । सन् १९५८ मा पेलेले १७ वर्षको उमेरमा गोल गरेका थिए ।

टिम स्पिरिट ( टिम भावना )

‘विश्वकपले ब्यक्तिगत क्षमतालाई भन्दा टिमको प्रदर्शनलाई सम्मान गर्छ ।’ यो भनाई बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजको हो । टिम एकता फ्रान्सको शक्ति हो ।

सर्वप्रथम यो स्तरको फुटवलमा हरेक खेलाडीले गोल गर्दै टिमका लागि महत्वपूर्ण योगदान दिन सक्छन् । नकआउट चरणमा गरेको गोल स्ट्राइकरबाट मात्र नभई डिफेन्डर, मिडफिल्डर र फरवार्ड सबैले गरेका थिए ।

दोस्रो मानविय स्तर – मैदानमा खेलिरहेका खेलाडीले गोल गर्दा सब्सिच्युट खेलाडीका रुपमा बेन्चमा बसेका खेलाडीले पनि संगै गोलको खुशीयाली मनाउँछन् । फ्रान्स टिमको स्टार खेलाडी भनेको फ्रान्स आफै मात्र हो कोही ब्यक्तिगत खेलाडी होइन । उनीहरु ब्यक्तिगत स्तरबाट समुहमा परिणत भएका छन । त्यो पनि एकदमै सदभाव पुर्ण समुहमा । तेस्रो रोजाइका गोलकिपर देखी सुरक्षा प्रमुख सम्म, प्लेइङ इलोभनका खेलाडी देखी सहायक प्रशिक्षक सम्म टिम मिसनमा शत प्रतिशत सहभागी छन् । यो टिम लामो दुरी सम्म जाने संकेत पनि हो ।

हिस्ट्री (इतिहास )

बीस वर्ष अघि जितेको पहिलो विश्वकप र अहिले सम्मको एक मात्र । फ्रेन्च टिम सोही क्षणलाइ दोहो¥याउने लक्ष्यमा छ । आइतबार फ्रान्सले उपाधिका लागि क्रोएशिया संग खेल्दैछ । संयोगनै भन्नु पर्छ १९९८ मा फ्रान्सले फाइनल यात्रा तय गर्ने क्रममा क्रोएशियालाइनै पराजित गरेको थियो । त्यसैले फ्रान्सका सोही नतिजा दोहो¥याउन चाहन्छ भने क्रोएशियाका लागि यो दवला लिने सुनौलो अवसर हो ।

Post Add 1025X115
Loading...