विश्वकप फाइनलमा पुगेकाे खुसियालीमा क्रोयसियाली मन्त्रीहरूले यस्ताे गरे

0

नेप्लेज, २९ असार । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोयसियाको त्यो खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ । समर्थकहरु खुसीमा डुब्नु त छँदैछ देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।

रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोयसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याविनेट बैठक बसे । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यबद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए ।

यता राष्ट्रपति कोलिन्डा मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् । यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको ह्याङले छोडेको थिएन । त्यसैले त उनी आइतबार हुने फाइनल जित्ने दावी गरिन् ।

टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याविनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो । तर सो बैठकले खेलाडीको पुरस्कारको घोषणा गरेको अनुमान पनि गरिएको छ तर त्यो भने सार्वजनिक गरिएको छैन ।

सन् १९९८ मा सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएर तेस्रो भएको क्रोयसियालाई यसपटक सो हारको बदला लिनुका साथै विजेताकाे सूचीमा पहिलाे पटक आफ्नो नाम लेखाउने सुनौलो मौका हुनेछ ।

Post Add 1025X115
Loading...