डोमागोज भिडा भर्सेस जोर्डन हेण्डरसन

0

डोमागोज भिडा, क्रोएशिया

भिडा जारी विश्वकपमा चुपचाप आफ्नो शानदार प्रदर्शन जारी राख्ने क्रोएशियाली खेलाडीमध्ये एक हुन् ।

रुसविरुद्धको खेलमा उनले अतिरिक्त समयमा गोल गरेर क्रोएशियालाई अग्रता दिलाएका थिए गोलको सेलिब्रेसन गर्ने क्रममा जर्सी खोलेर पहेँलो कार्ड पाएका उनले इंग्ल्याण्डबिरुद्धको सेमिफाइनलमा पनि पहेँलो कार्ड पाए र क्रोएशियाले जितेमा फाइनल खेल गुमाउनेछन् । तर, अनलाइनमा प्रशारित यस्तै आशयको भिडियोको जवाफ दिँदै उनले सेमिफाइनलमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।

२९ वर्षीय भिडालका लागि सेमिफाइनलमा इंग्ल्याण्डको शानदार अग्रपंक्ति चुनौति हुन सक्नेछ ।

जोर्डन हेण्डरसन, इंग्ल्याण्ड

मांसपेशीको चोटका कारण उनी क्रोएशियाबिरुद्धको खेलमा फिट हुनेमा सन्देह छ । र, इंग्ल्याण्डको मुख्य चिन्ताको विषय पनि त्यही हो ।

क्रोएशियाको डिफिल्डमा लुका मोड्रिच र इभान राकिटिचको असाधारण सन्तुलनले उनीहरुलाई रोक्न इंग्ल्याण्डका लागि विशेष र स्तरीय रणनीति आवश्यक हुनेछ । र, हेण्डरसन ग्यारेथ साउथगेटको एकमात्र खेलाडी हुन् जो त्यस लयलाई नियन्त्रण गर्ने उपयुक्त पात्र हुनेछन् ।

Post Add 1025X115
Loading...