प्लेयर्स टु वाच, ब्रुयेन भर्सेस एमबाप्पे

0

केभिन डि ब्रुयेन, बेल्जियम

हुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको शनशनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका थिए जुन रणनीति सफल भएको थियो । कासिमेरो बाहिर रहेपछि ब्राजिलको सेन्ट्रल एरियाको कमजोरीको फाइदा ब्रुयेनले उठाउन सक्छन् ।

ब्राजिललाई विश्वकपबाट घर फर्काउन केभिनको गोल महत्वपुर्ण बनेको थियो । फ्रान्स विरुद्द पनि उनको प्रदर्शन बेल्जियमका लागि महत्वपुर्ण हुन सक्छ ।

केलियन एमबाप्पे–फ्रान्स
एमबाप्पले अर्जेन्टिनालाई ध्वस्त गरे भन्दा गलत नहोला । उनको दुई गोलमा फ्रान्सले अर्जेन्टिनालाई पाखा लगाएको थियो । फ्रान्सका मुख्य हतियार एमबाप्पे डिएगो गोडिनको नेतृत्वमा रहेको उरुग्वेको डिफेन्सको टाउको दुखाईको विषय बन्न सक्नेछन् । फ्रान्सका लागि उनले २० खेलमा ६ गोल गरिसकेका छन् ।

 

Post Add 1025X115
Loading...