ब्राजिल बाहिरियो, बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग खेल्ने

0

नेप्लेज, २३ असार । पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । उपाधिको प्रमुख दावेदार भनिएको ब्राजिल बेल्जियमसँग २-१ गोलले पराजित हुँदै बाहिरिएको हो ।

रुसको काजान एरिनामा भएका प्रतिस्पर्धात्मक क्वार्टरफाइनलमा पहिलो हाफमा गरेको २ गोलले बेल्जियमलाई विजयी बनायो । यद्यपी बेल्जियन गोलरक्षक थियागो कोट्वाको प्रदर्शन पनि आजको खेलमा शानदार थियो ।

खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोल गर्न पुगेका थिए ।

उपहार गोलमार्फत अग्रता बनाएको बेल्जियमले ३१औं मिनेटमा अर्को गोल थप्यो । म्यान्चेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डी ब्रुयेनले करिव २० यार्ड टाढाबाट गरेको शशक्त प्रहार ब्राजिली गोलरक्षक इकर कोलिसनलाई बिट गर्दै शानदार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । बेल्जियनका किपर कोट्वाले पाउलिन्हो, नेइमार, मार्सेलो लगायतकाको शानदार प्रहार विफल पारिदिएका थिए ।

खेलको ७६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रेनाटो अगुस्टोले फिलिप काउटिन्होको पासमा ब्राजिलका लागि सान्त्वना गोल गरेका थिए ।

यता बेल्जियमले भने फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स आजै भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगेको हो ।

Post Add 1025X115
Loading...