किर्तीमानी धावक रोकायालाई आर्थिक सहयोग

0

राष्ट्रिय खेलकुद परिषद्ले पूर्व धावक हरिबहादुर रोकायालाई स्वास्थ्य उपचारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायालाई  खेलाडी कल्याणकारी कोषबाट राखेपका सदस्य–सचिव केशवकुमार विष्टले रकम हस्तान्तरण गरेका हुन  ।

रोकाया जुम्लामा प्रिशक्षण गराइरहदा अचानक विरामी परेर असार २ गते उपचारका लागि काठमाडौको न्युरो अस्पतालमा भर्ना गराइएको थियो । हाल सामान्य अवस्थामा रहेका ५४ बर्षे रोकाया जुम्ला जिल्ला खेलकुद विकास समितिको एथलेटिक्सका स्थायी प्रशिक्षक हुन् ।

रोकाया एभरेष्ट म्याराथनका लगातार तीनपटकका विजेता हुन् । रोकायाले विभिन्न अन्तर्राष्ट्रिय एथलेटिक्समा २ स्वर्ण, १ रजत र ४ कांस्य जितेका छन् ।

 

 

Post Add 1025X115
Loading...