२४ वर्षपछि स्वीडेन विश्वकपको क्वार्टरफाइनलमा

0

नेप्लेज, १९ असार । स्वीट्जरल्याण्डको ९ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्वीडेन सा् १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।

२४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने क्रममा स्वीडेनले रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा स्वीट्जरल्याण्डलाई १)० गोलले पराजित गरेको हो ।

अधिकांश समय स्वीट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्वीट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा स्वीडेनमा इमिल फोर्सवर्गले गोल गर्न सफल भए । उनको यो विश्वकपमा पहिलो गोल हो ।

६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सवर्गले डिबक्स बाहिरबाट गरेको शशक्त प्रहार गोल हुन पुगेको थियो ।

त्यसयता पनि स्वीट्जरल्याण्डले लगातार आक्रमण बुने पनि गोल गर्न सकेन । खेलको अन्तिम मिनेटमा स्वीडेनको काउन्टर एट्याक रोक्न खोज्दा मिचेल ल्यांगले म्युनअल अकाञ्जीलाई फल गरेपछि उनले रातो कार्ड पाएपछि खेलको अन्तिम केहि सेकेण्ड स्वीस टोली १० खेलाडीमा समेटिएको थियो ।

फिफा बरियातामा छैटौं स्थानमा रहेको स्वीट्जरल्याण्ड २४औं स्थानमा रहेको स्वीडेनसँग पराजित भएको हो । सन् १९५८ यता पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्ने स्वीट्जरल्याण्डको लक्ष्यमा स्वीडेन बाधक बन्यो ।

सेमिफाइनल प्रवेशका लागि स्वीडेनले इंग्ल्याण्ड र कोलम्बियाबीचको खेलको विजेतासँग खेल्नेछ । इंग्ल्याण्ड र कोलम्बियाबीचको खेल आजै केहिबेरपछि सुरु हुँदैछ ।

Post Add 1025X115
Loading...